Aamsanchar

मेचीनगर नगरपालिकाका सेवानिवृत्त ६ जना कर्मचारीलाई विदाई, निःशुल्क स्वास्थ्य शिविर

Author Image
बिहिवार, असोज १३, २०७९

मेचीनगर । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनगर नगरपालिकाले विहीबार सेवानिवृत्त ६ जना कर्मचारीलाई सम्मानसहित विदाई गरेको छ ।

विजयदशमीसहित नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अग्नि दाहाल, रामशरण डुम, अर्जुन थापा, भुइदल राई, गीता सापकोटा र नित्यानन्द आचार्यलाई सम्मानसहित विदाई गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेती, विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईंले सेवा निवृत्त कर्मचारीहरुलाई संयुक्तरुपमा अविर, टीका, दोसल्ला पहिर्याएर सम्मान पत्र प्रदान गरेर विदाई गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले सेवा निवृत्त कर्मचारीले उहाँहरुको कार्यकालमा नगरपालिकाको हित तथा उन्नति प्रगतिकालागि पुर्याएको योगदानको चर्चा गदैं आगामी दिनमा समेत रचनात्मक सकरात्मक सल्लाह सुझाँवको अपेक्षा रहेको बताउनुभयो । हिजो उहाँहरुले नगरपालिकाबाट प्राप्त सीप र ज्ञानलाई पुनः कार्यालयको हितकालागि उपयोग गर्नुपर्ने उहाँहरुको जोड थियो । उहाँहरुले चाडपर्वलाई चाडपर्वकैरुपमा मनाउन समेत सुझाव दिनुभएको थियो ।

कार्यक्रममा अतिथि नगरप्रमुख नगरप्रमुख बुढाथोकी, विशिष्ट अतिथि उपप्रमुख उप्रेती, विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत चौलागाईं र सेवा निवृत्त कर्मचारीकातर्फबाट अग्नि दाहालले बोल्नुभएको थियो ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनगर नगरपालिका अध्यक्ष रविन्सन थापाको सभापतित्वमा भएको कार्यक्रममा सहसचिव दशरथ खडिायाँले स्वागत तथा सचिव पवित्रा सुब्बाले सञ्चालन गर्नुभएको थियो । सोहि अवसरमा एशोसिएशनले निःशुल्क आखाँ परीक्षण शिविर समेत आयोजना गरेको थियो । मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा निःशुल्करुपमा चश्मा समेत प्दान गरिएको थियो ।

मेची नेत्रालयलाई सम्मान तथा चिकित्सकलाई समेत मायाको चिनो प्रदान गरिएको थियो । सोहि कार्यक्रममा हालै सम्पन्न नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको केन्दिय अधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 289

प्रतिक्रिया (०)

सम्बन्धित खबर