सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले सञ्चालन गरिरहेको रोपवे । पेट्रोलिय पदार्थको खपत घटाउन र ढुवानी गर्ने टपर ट्रकको विकल्पमा यो रोपवे रहे पनि एसियाकै ठूलो मध्येको एक भनिएको यस सिमेन्ट उद्योग चरम राजनीतिक हस्तक्षेप र भ्रस्ट व्यवस्थापनले अधोगतिको यात्रा तय गर्दै गरेको उद्योग मा पर्छ । उद्योगका लागि आवश्यक चुन ढुङ्गा जिल्लाकै उत्तरी भेग को सुकौराबाट रोपवे मार्फत ढुवानी गरिदै आएकोमा सञ्चालन अक्षमताका कारण उक्त रोपवे बिग्री रहने र समयमा मर्मत नगर्ने परिपाटिका कारण प्रायः भाडाका ट्रक मार्फत खानीबाट ढुङ्गा ढुवानी हुँदै आएको छ ।
२०४४ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित यस उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ जलजलेको बन क्षेत्रमा अवस्थित छ ।
यसैगरी निजी सिमेन्ट उद्योगले पनि चुन ढुंगा तथा कच्चा पदार्थ ढुवानी गर्न रोपवे सञ्चालन गर्ने हो भने ठुलो नेपाली रुपैयाँ विदेश जान रोकिने थियो । फोटो: विनोद पाण्डे/आमसंचार