Aamsanchar

प्रहरीलाई न दशैं न तिहार, कसरी भरपर्दो सुरक्षा प्रदान गर्ने भन्नेमा केन्द्रित

Author Image
मङ्गलवार, असोज १८, २०७९

मेचीनगर। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले आफ्नै घरमा बसेर स—परिवारसँगै दशैंको टीका नलगाएको ६ वर्ष भयो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महत्तोले १४ भएछ आफ्नै घरमा बसेर टीकाटाला नगरेको । मधेश प्रदेशको सर्लाही इश्वरपुर नगरपालिका — १३ का स्थायी वासीन्दा प्रहरी नायव उपरीक्षक महत्तो आफ्नो कार्यक्षेत्रका स्थानीयलाई भयरहित वाताबरणमा दशैं मनाउन कसरी सकिन्छ भन्नेतर्फ सक्रिय हुने र उनीहरुले शान्तिपूर्ण, विना डर, त्रास दशैं मनाए भने आफुलाई त्यसैमा सन्तुष्ट मिल्ने प्रतिक्रिया दिनुहुन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यरत ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले प्रहरी सेवामा २५ वर्ष विताउनुभयो । कुनैबेला घर पायक पर्ने ठाउँमा भएका बखत आलोपालो गरेर टीका थापे पनि ७ वर्ष न घर जान पाउनुभयो न परिवारसँगै घरमा बसेर दशैंको टीका साटासाट गर्न पाउनुभयो ।

उहाँहरु त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ , हरेक दशैं तिहारका बखत घरमा बसेर खुलेरै दशैं मनाउन नपाउने प्रहरीहरु । नेपाल प्रहरी संगठनमा उहाँ जस्ताको संख्या निक्कै ठूलो छ । अधिकांश प्रहरीको दशैं ब्यारेकमै बित्ने गरेको छ । भनिन्छ वर्षमा एकपटक आउने दशैं तिहारमा घर छाडेर सात समुन्द्रपार पुगेकाहरु दशैँका लागि भन्र्दै आफ्नो पुख्र्यौली घर फर्किने गर्छन् । कसैका लागि दसैँ रमाइलो गर्ने अवसर हो, कसैलाई पारिवारिक भेटघाटको ।

कतिलाई मन खोलेर खर्च गर्ने अनि धेरैलाई अभावको अप्ठयारोले सताउने बेला पनि यही हो । तर, प्रहरीका लागि भने दसैँ ‘फरार अभियुक्त समात्ने मौका’ बनेर आउने गरेको छ । झापाका एक जना प्रहरी अधिकारीको भनाईलाई सापट लिने हो भने धेरै लामो समयदेखि फरार रहेका अभियुक्तहरु पनि दसैँ मान्न घर फर्किन्छन्’, ‘त्यसैले उनीहरुलाई दसैँ–तिहार जस्ता चाडमा सजिलै भेटिन्छ । दशैं कसरी मनाउने भन्दा पनि प्रहरी कर्मचारीहरु दशैं–तिहारमा कसरी भरपर्दो सुरक्षा प्रदान गर्ने भन्नेमा केन्द्रित हुन्छन् ।

‘आम मानिस चाडपर्बको रौनकमा रमाइरहँदा प्रहरी कर्मचारी भने सुरक्षा व्यवस्थापनलाई कसरी चुस्त बनाउन सकिन्छ भनेर योजना बनाएर लागू गर्नेमै व्यस्त छन् ’ प्रहरी उपरीक्षक पोखरेलले भन्नुभयो—‘जिल्ला प्रहरी कार्यालयले आफ्नो क्षेत्रलाई सुरक्षित राख्न भन्दै चाडबाड लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्दै आएको ।’

प्रहरी उपरीक्षक पोखरेलले आफ्नो जिम्मेवारीको दौरानमा कहिले काँहि घर पायक पर्ने ठाउँमा हुदाँ आलोपलो गरेर घर पुगेर टीका लगउाने गरेको अनूभव सुनाउनुभयो । ‘ठ्याक्कै विदा नै चाँहि भन्ने हुदैंन् ’उहाँले भन्नुभयो—‘घरपायक जिल्लामा परेका बखत मिलेर जिम्मेवारीमा कमजोर नहुने गरी घर गएर टीका थापेर आउने गरिन्थयो ।’ ६ वर्ष उहाँले आफू कार्यरत रहेकै ठाउँमा स—परिवार भेला भएर दशैं मनाएको सुनाउनुभयो । प्रहरीको दशै आम नागरिकले सुरक्षित तवरले दशैं मनाउन पाउनु नै नेपाल प्रहरीका लागि ठूलो दशैं भएको उहाँको भनाई छ । उहाँले आफ्नो कार्यक्षेत्रमै बोलाएर आफ्ना परिवारहरुलाई मात्र होइन् दशैंमा घर जान नपाएका प्रहरीहरुलाई दशमीको दिन कार्यालय प्रमुख वा अभिभावक भएका कारण टीका लगाई दिनुहुन्छ । यो नेपाल प्रहरीमा चलन नै छ । एकादशीको दिन महानिरीक्षक (आईजीपी) को हातबाट टीका थाप्ने चलन छ । यो वाध्यकारी नभए पनि एउटा चलनको रुपमा स्थापित नै भइसकेको एकजजना उच्च प्रहरी अधिकृतले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक महत्तोले पनि काँकरभिट्टामै परिवार बोलाइसक्नु भएको छ । ‘यसपटकको दशैं काँकरभिट्टामै हुन्छ ’उहाँले भन्नुभयो—‘घरबाट छोराछोरी श्रीमती आइसकेका छन्, अब मेरो प्रहरी संगठनभित्रका सदस्यसहित सवै मिलेर यतै दशैं मनाउने तयारीमा छौ ।’

आम नागरिकलाई चाडपर्व मनाउन भ्याइ–नभ्याइ हुँदा अपराध गर्नेले त्यसलाई अवसरको रुपमा लिने गरेकाले प्रहरी भने सुरक्षा प्रदानमै केन्द्रित हुने प्रहरी नायव उपरीक्षक महत्तो बताउनुहुन्छ । काँकरभिट्टा प्रहरीले १ लाख ८४ हजार ४ सय ३१ नागरिकको सुरक्षा जिम्मा लिइएको छ । २ सय १० प्रहरी फोर्सले सुरक्षा प्रदान गर्नुपर्ने भएकाले अघिपछि भन्दा चाडबाडका बेला प्रहरी झनै व्यस्त हुने गरेको उहाँले भोगाईँ छ ।

अवैध मदिराको बिक्री वितरण, झै–झगडा, जुवातास, मापसे, कालोबजारी, ठगी अतिशबाजी, पकेटमारी, चोरी, लुटपाट, आर्थिक कारोबार हुने ठाउँमा हुने अपराध, चन्दा, चिट्ठाजस्ता अपराधिक घटना चाडपर्वमा हुने भएकाले प्रहरीले त्यतर्फ बढी निगरानी बढाउने गरेको प्रहरी नायव उपरीक्षक महत्तोको भनाई छ । उहाँले पनि आफ्ना परिवारहरुलाई र दशैंमा घर जान नपाएका प्रहरीहरुलाई दशमीको दिन टीका लगाईदिने ोजना बनाउनुभएको छ

अपराधिक समूह तथा व्यक्तिले चाडपर्वलाई ‘अवसर’को रुपमा लिएर अपराध गर्ने हुँदा प्रहरी भने विशेष सुरक्षा व्यवस्थापनका लागि २४सै घण्टा ड्युटीमा खटिइने भएकाले अन्य कर्मचारी जस्तै प्रहरलिे आफ्नो घर गएर खुलेरै दशैं मनाउन नपाउने उहाँको भनाई छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यरत ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खड्कालाई दशैं तिहारमा टीका थाप्ने भन्दा पनि ट्राफिक व्यवस्थापन कसरी गर्ने चिन्ता छ । बडादशैं, तिहार तथा छठ लगायतलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना नै बनाएर कार्यान्वयनमा जुटेको उहाँको भनाई छ । चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि सुरक्षाकालागि ट्राफिक प्रहरी सक्रिय रहने ट्राफिक प्रहरी सहायक निरीक्षक खड्काको भनाई छ ।

भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोशाक समेत प्रहरी परिचालन गरी निगरानी बढाइएको छ । शहरमा मात्र सीमित नभएर नाका र गाउँमा समेत मापसे चेकिङ , लामो दुरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भए÷नभएको प्रविधिबाट हेर्ने, सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट टाँस गरेको छ कि छैन् हेर्ने , मोटरसाइकल चालकले हेल्मेट लगाएको छ कि छैन् ? तीब्र गतीमा सवारी चलाउने, ओभरलोट, सवारीअन्य भाग तथा छतमा यात्रु मालसामान राख्ने जिकज्याक सवारी चलाउनेलाई कडाईको साथ कारबाही गर्नमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा व्यस्त रहने छ । दुर्घटना न्यूनीकरण र सवारी साधन चोरी घटाउन चाडपर्वका वेला बढी सुरक्षा जाँच गरिने र प्रहरीको चाडपर्व लक्षित यस्तो सक्रियताले धेरै जनधन क्षति हुनबाट जोगिने खड्काको बुझाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर