Aamsanchar

मौसम प्रतिकुल, सुदूरपश्चिममा २०० मिलिसम्म पानी पर्नसक्ने

Author Image
मङ्गलवार, असोज १८, २०७९

काठमाडौं । आज बिहानैदेखि काठमाडौंसँगै अन्य ३ जिल्लामा पानी परिरहेको छ । आज इलाम, झापा र मोरङका केही स्थानमा पनि बिहानैदेखि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तर तिर अवस्थित छ । यसको असर आज दिउँसो गण्डकी प्रदेशसम्म पुग्नेछ । यसले गर्दा आज सामान्य वर्षा सुरु भएको छ । आज रातिदेखि मनसुन पश्चिमतिर सर्ने र भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै भोलि गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

विजया दशमीको दिन गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै कृषि कर्म नगर्न तथा लामो यात्रा नगर्न रिष्ठ मौसमविद् पौडेलको आग्रह छ । उनले भने, ‘भोलि सुदूरपश्चिममा २०० मिलिसम्म पानी पर्नसक्ने सम्भावना छ । बाहिर ननिस्किनु होला । घरभित्रै बसेर दशैँ मनाउनुहोला ।’

साथै कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर