Aamsanchar

आजको मौसम : तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसम विभागको अनुरोध

Author Image
बिहिवार, असोज २०, २०७९

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दक्षिण(पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले सातै प्रदेशका विभिन्न स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी,  लुम्बिनी र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ।  दिउँसो र राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही, गण्डकीका थोरै, बागमती,मधेश र प्रदेश १ का एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै‚ जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले बिहान ६:२० बजे दिएको जानकारी अनुसार‚ नारायणी नदीले देवघाटमा सतर्कता पार गरेको छ। जलसतह थप बढ्ने भएकाले साँझसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।  यस्तै निरन्तर वर्षा भइरहेकाले चितवन, नवलपरासी, कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दाङको नदी तथा खोला आसपासका क्षेत्रमा सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर