Aamsanchar

एक समयको इमेल, म्यासेन्जर ‘हुलाक’

Author Image
आइतवार, असोज २३, २०७९

पृष्ठभूमि
हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ । आजभन्दा सवा दुई सय वर्ष अगाडी सन् १८७४ मा जापानको टोकियामा अन्तर्राष्ट्रिय हुलाक सङ्घको गठन भएको सम्झनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन सुरु गरिएको हो । सञ्चारको प्रारूपको सुरुवात हुलाक वाट शुरुभएको हो, मुगलान अथवा सहर गएका परिवारका सदस्यहरूले घरमा र घरकाले उनीहरूसँग कुरा गर्न हुलाकको प्रयोग गर्दथे, हुलाकी अथवा हलकाराहरूको सम्मान गाउँमा बेग्लै हुन्थ्यो ।

धेरै परसम्म चिठी र खबर पूर्याउन धेरै जना हुलाकीहरूले आफ्नो जिवनकालनै बिताएका छन्, आज उनीहरूको सम्झना गर्ने दिन पनि हो । गाउँघरमा राती बस्दा हुलाकीहरूलाई विशेष ग्राहयता दिइन्थ्यो अनि उनीहरू त्यति वेलाको समयका रेडियो, टिभी, इन्टरनेट भनेको उनिहरुनै थिए । रातबिरात पत्र पूर्याउन गाँउगाँउमा हलकारा अर्थात् हुलाकीहरू पत्रको झोला सहित हिँड्ने गर्दथे, यसो गर्दा राती बास बस्न पर्दथ्यो । अहिले जस्तो सहज होटेल हरू नभएका त्यतीबेलाको नेपालमा हलकारा अर्थात् हुलाकीहरू लाई प्रथम ग्राहयता सहित बसाइन्थ्यो । मान्छेहरूले साक्षरताको अधिकतम उपयोग नै पत्र पढ्दा र हरहिसाब गर्दा गर्दथे, सुस्तरी समाजको अवयवहरू परिवर्तन त भएको हो तर संरचना बिलकुलै उस्तै छ ।

वर्ष २०२२ को विश्व हुलाक दिवसको नारा भनेँ “Post For Planet” रहेको छ । यस ग्रहको जगेर्नाका लागि हुलाक दिवस मार्फत पैरवी गरिएको छ ।
नेपालमा दुई दशक अगाडी हालको ईमेल, म्याजेन्जरको जस्तो सुचना पत्र आदन प्रदान गर्ने एक सरकारी माध्ययम थियो । हाल पनि सरकारी चिठ्ठि पत्रहरु हुलाक मार्फत पठाउने गरिदै आईएको छ तर त्यो संख्या अत्यन्त न्युन रहेको छ ।

विश्व हुलाक दिवसको सबैलाई शुभकामना, इतिहास बोकेको यो सेवालाई हामीले जगेर्ना गर्न र आँउदो पुस्ताहरुलाई बताउन जरुरी छ , कि कसो ?

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 385

प्रतिक्रिया (०)

सम्बन्धित खबर