Aamsanchar

मेचीनगरका केही क्षेत्रमा खहरे बाढी पसेपछि..

Author Image
सोमवार, असोज २४, २०७९

मेचीनगर । आइतबार रातिको अविरल वर्षाले झापाको मेचीनगर— ३ का खोला तथा नदीमा खहरे बाढी आएको छ । बाढीका कारण नदी किनारका बस्तीहरु मा पानी परेको छ । पहलेधाप धरधरे लगायतको क्षेत्रमा पानीले खेतीबाली र घरहरुमा सामान्य क्षती पुगेको छ । विशेष गरी नदीको वरपरका क्षेत्रका वासिन्दाहरु प्रभावित बनेका छन् । आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले यस वडाका धेरै स्थान प्रभावित भएको छ । अहिले भने पानीको वहास रोकिएको छ भने बाटोघाटो हरु हिलाम्मे बनेर आवतजाबतमा असहज बनेको छ ।

बाढीका कारण विद्युतका पोल ढल्ने अवस्थामा छन् भने केही रुखहरु ढलेका छन् । धानसहितको खेती कटान भएको छ भने अधिकाँश खेती भएको जमीन पुरिएर धानबालीमा क्षति पुगेको छ ।

मेचीनगर—३ मा सुकेनिन्दा, दोरोङ्गे र बाघपानी नदीमा आएको बाढीका कारण पहलेधाप धरधरेलगायतकाक्षेत्रमा क्षति पुगेको स्थानीय ज्ञानबहादुर तामाङले जानकारी दिए ।

मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी मेचीनगर वडा नं ३ का वडाध्यक्ष हर्क बस्नेतलगायतको टोलीले सोमबार बाढीले क्षति पुर्याएको सो क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । इन्द्र पुलामी मगर, पुष्प पुलामी मगरको घर डुवानमा परेको, सुरज खातीको गाई बगाएको स्थानीय सुर्यमान तामाङले जानकारी दिए।

नगरप्रमुख बुढाथोकीले स—साना नदीमा आएको बाढी स्थानीयको घर घरमा पसेपछि डुवानमा परेको, खेती योग्य जमीन कटान गरेको, निस्कन लागेको धानबाली पुरिएको, विद्युतका पोल ढल्ने अवस्थामा पुगेको, सडकमा रुखहरु ढलेका तथा स्थानीयका चौपाया समेत बगाएको जानकारी जानकारी दिए । उनले तत्काल सम्बन्धित विद्युत प्राधिकरणलाई ढल्न लागेका विद्युतका पोलहरु र स्थानीय एक विद्यालयमा अव्यवस्थितरुपमा रहेको विद्युतको तारको उचित व्यवस्थापन गर्न निर्देशन दिएको बताईएको छ। वडाध्यक्ष बस्नेतलाई सडक मर्मत सम्भारकालागि वडा सरकारले जे गर्नुपर्ने हो तत्काल गर्न समेत उनले निर्देशन दिएका छन् । वडाध्यक्ष बस्नेतले मंगलबारबाटै ट्याक्टर परिचालन गरेर क्षति पुगेका सडकको उचित मर्मत तथा सम्भार गर्ने बताए ।

वर्षाले पहलेधाप सामुदायिक भवनलगायतका संरचना समेत डुबानमा परेको छ । पानीसँगै आएको बाढीले अधिकांश भित्री सडक र घरहरु जलमग्न भएको छ । ठाउँ ठाउँमा सडक बगाएका कारण आउँजाउँ गर्ने स्थानीयवासी प्रभावित भएको मेचीनगर नगरपालिका वडा नं ३ का वडाध्यक्ष हर्क बस्नेतले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर