Aamsanchar

मोटरसाइकल र उपकरण चोरीमा संलग्न दुई जना पक्राउ

Author Image
मङ्गलवार, जेठ ५, २०८३

अर्घाखाँची –  शितगंगा नगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल तथा विद्युतीय उपकरण चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गत वैशाख ३१ गते रातिको समयमा शितगंगा नगरपालिका–४ अमराई बजारस्थित कृषि विकास बैंक रहेको घरको बरन्डामा पार्किङ गरी राखिएको लु।प्र। ०१–०१२ प ६३६३ नम्बरको एभेन्जर मोटरसाइकल चोरी भएको थियो । त्यसैगरी शितगंगा सटिङ्ग सुटिङ्ग तथा टेलरिङ सेन्टर अगाडि पार्किङ गरिएको लु ३० प ७९५५ नम्बरको पल्सर मोटरसाइकल तथा वडा नं। १२ हिलेखोलास्थित वल्ड स्टार होटलको प्राङ्गणमा रहेको ईभी गाडी चार्ज गर्ने एडप्टर बक्स समेत चोरी भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भूमिकास्थान नगरपालिका–७ घर भई हाल सन्धिखर्क नगरपालिका–१ बसपार्क क्षेत्रमा बस्दै आएका २७ वर्षीय विशाल जिएम र हाल सन्धिखर्क नगरपालिका–२ इन्द्रेणी टोलमा बस्दै आएका २६ वर्षीय मनिस केसीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख झलकप्रसाद शर्माले जानकारी दिए ।

 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माका प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा अर्घाखाँची जिल्ला अदालतबाट म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय ठाडाले थप अनुसन्धान गरिरहेको छ ।

Views: 60

प्रतिक्रिया (०)