Aamsanchar

सर्पले डसेर ४२ वर्षीय पुरूषकाे मृत्यु

Author Image
सोमवार, असोज २४, २०७९

स्याङ्जा – सर्पले डसेर स्याङ्जाको वालिङ नगरपालिकाका एक जना पुरुषकाे ज्यान गएकाे छ ।

सर्पले डसेपछि उपचारका लागि गह्राैँ प्राथमिक अस्पताल ल्याइएका वालिङ–८ बोगटीडाँडाका ४२ वर्षीय तिलबहादुर खाँणको ज्यान गएकाे वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । गए राति सर्पले डसेपछि खाँणलाई उपचारका लागि अस्पताल ल्याइएकाे थियाे । उहाँकाे आज मङ्गलवार बिहान ४ बजे ज्यान गएकाे हाे ।

खाँणको बायाँ हातका दुई ठाउँमा सर्पले डसेको थियो । सर्प करेत जातसँग मिल्दोजुल्दो भएको प्रहरीको भनाइ छ । आफन्तले बिरामीसँगै सर्प पनि मारेर अस्पताल पुर्‍याएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर