Aamsanchar

सचेत हुने की ! १० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी

Author Image
बुधवार, असोज २६, २०७९

एजेन्सी । मेटाले आफ्ना फेसबुक प्रयोगकर्तालाई डाटा चोरी हुन सक्ने चेतावनी दिएको छ ।

मेटाले एन्ड्रोइड र आईओएसमा धेरै एपहरुले फेसबुक प्रयोगकर्ताहरुको लगइन क्रेडेन्सियलहरु चोरी गरेर दुरुपयोग गरेको जनाएको छ । फेसबुकका करिब १० लाख प्रयोगकर्ताको लगइन क्रेडेन्सियल चोरीको घटना बाहिर आएको हो ।

अधिकांश फोडो एडिटर, गेम, भीपीएन सर्भिस, बिजनेस र युटिलिटी एपहरुमा यस्ता गडबडी देखिएका छन् । आफ्ना प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै मेटाले गुगल प्ले स्टोर र एप्पल स्टोरमा यस्ता ४०० वटा एप पत्ता लगाएको छ, जुन एप प्रयोग गर्ने प्रयोगकर्ताको फेसबुक क्रेडेन्सियल चोरेर गलत काममा प्रयोग भइरहेको थियो ।

मेटामा थ्रेट डिस्प्रेसन निर्देशक डेभिड अग्रानोविच र मालवेयर डिस्कभरी र डिटेक्सन इन्जिनियर रायन भिक्ट्रीले ती एपहरुका बारेमा एप्पल र गुगलसँग जानकारी गराइएको बताए । उनले यो जानकारी सामाजिक सञ्जालमा पनि सेयर गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर