Aamsanchar

अक्षयकुमार अभिनित नयाँ फिल्म ‘रामसेतु’को ट्रेलर सार्वजनिक

Author Image
बुधवार, असोज २६, २०७९

अक्षयकुमार अभिनित नयाँ फिल्म ‘रामसेतु’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट लामो भिडियोले रामसेतुको खोजी र संरक्षणका लागि अक्षयलाई दिइएको तीनदिने मिसनको दृश्य पेस गर्छ ।

राष्ट्रिय सम्पदा संरक्षणका लागि खटिएको एक भूगर्भशास्त्रीको भूमिकामा अक्षय देखिएका छन् । नुसरत भरुचा, ज्याकलिन फर्नान्डिज, नसार र सत्यदेव पनि ट्रेलरमा चित्रित छन् ।

ट्रेलर अदालती बहसको दृश्यबाट सुरु हुन्छ, जहाँ सरकारले अदालतसामु रामसेतुलाई भत्काउने अनुमति मागेको छ । अभिनेता नासरले भारत रामको विश्वासमा अघि बढ्ने र कसैले चुनौती दिन नसक्ने वाक्य बोलेका छन् ।

उनले अक्षयलाई भूगर्भ अनुसन्धानका लागि रामसेतु खोज्न पठाउँछन् । ज्याकलिन र सत्यदेवलाई लिएर अक्षय मिसनमा निस्कन्छन् । उनलाई त्यसपछि थाहा लाग्छ, मर्नको लागि उनलाई त्यहाँ पठाइएको हो ।

भगवान श्रीरामले लंका पुग्नका लागि बाँदर सेनाबाट रामसेतु निर्माण गरेका थिए । आज पनि यो पुल रहेको बताइन्छ तर भारतमा सेतुसमुद्रम आयोजना अन्तर्गत यो पुल भाँच्ने काम भएपछि हिन्दुमा आक्रोश बढ्यो र विवाद बढ्दै गयो । यो पुलमा ठूलो क्षति पुगेको फिल्ममा बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 408

प्रतिक्रिया (०)

सम्बन्धित खबर