Aamsanchar

तराईका जिल्लामा हुस्सु लाग्न सुरु, मनसुन बाहिरिन बाँकी

Author Image
शुक्रवार, असोज २८, २०७९

तराईका केही जिल्लामा हुस्सु लाग्न थालेको छ । मनसुनको अवधि सकिन लागेसँगै तराईका जिल्लामा हुस्सु लाग्न सुरु भएको हो।

अहिले लागेको हुस्सु बिस्तारै हट्दै जाने र घाम लाग्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुन अन्तिमतिर भएकाले अब ठूलो वर्षाको सम्भावना छैन ।

आज, भोलि र पर्सि तीन दिनकै मौसम सामान्यतयता सफा रहेको उहाँले बताउनुभयो । तर मनसुनी प्रणाली कायमै रहेकाले पहाडी क्षेत्रका एक – दुई ठाउँमा भने हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

गएको १६ गतेसम्मको अवधि भनिए पनि यसपालि मनसुनको अवधि लम्बिएको छ । केही दिनयता मनसुन कमजोर बन्दै गएको छ । तर, बाहिरिन भने बाँकी छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
6
+1
0
+1
0
+1
2
+1
0
+1
0
Views: 3096

प्रतिक्रिया (०)

सम्बन्धित खबर