Aamsanchar

सेनाको कारबाहीमा बोको हरामका ३१ लडाकाको मृत्यु

Author Image
शुक्रवार, कार्तिक ४, २०७९

एजेन्सी: नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा केही दिनयता भएको सुरक्षाका कारबाहीमा परेर कम्तीमा पनि ३१ जनाको ज्यान गएको छ ।

नाइजेरियन सुरक्षा अधिकारीहरुका अनुसार गएका केही दिनयता भएका कारबाहीका क्रममा कम्तीमा पनि ३१ जना बोको हरामका लडाका मारिएका हुन् ।

नाइजेरियाली सेनाको समन्वयमा यहाँका सबै सुरक्षा निकायहरुले बोको हरामका लडाकाहरुमाथि सो कारबाही गरेका हुन् । सो कारबाहीका क्रममा अरु ७० जना लडाका पक्राउ परेका र कैयौँ हातहातियार पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।

यहाँको सेनाका प्रवक्ता मुसा दाबामनीले दिएको जानकारीअनुसार उत्तर पूर्वी क्षेत्रहरुमा पछिल्लो समयमा सर्वसाधारणमाथि आक्रमण गर्ने कार्यलाई निरन्तरता दिएपछि सेनाको समन्वयमा यहाँका सम्पूर्ण सुरक्षा निकायले कारबाही प्रक्रियालाई अघि सारेको बताइएको हो ।

यसक्रममा बोको हरामका केही लडाका घाइते भएका छन् भने तीन सयभन्दा बढीले आत्मसर्पण गरेको जनाएका छन् । नाइजेरियामा केही वर्षयतादेखि बोको हराम नाकको एक आतङ्ककारी समूहले आतङ्क मच्चाइरहेको छ ।

Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर