Aamsanchar

परस्त्री सँग लागेर आफ्नी श्रीमतीलाई कारले किचेको चलचित्र निर्मातालाई आरोप 

Author Image
शुक्रवार, कार्तिक ११, २०७९

एजेन्सी । भारतीय फिल्मका निर्माता कमल किशोर मिश्रविरुद्ध कारले किचेको आरोपमा मुद्दा दर्ता भएको छ। श्रीमती यास्मिनमाथि कारले किचेको आरोपमा मुद्दा दर्ता भएको हो ।

श्रीमतीले निर्माता मिश्रलाई अंधेरी (पश्चिम) को एक आवासीय भवनको पार्किङमा अर्की महिलासँग कारमा बसेको देखिन् । उनीसँग कुरा गर्न आउँदा निर्माता मिश्रले भाग्ने प्रयासमा श्रीमतीलाई कारले किचेका हुन् ।

घटनामा उनकी श्रीमती गम्भीर घाइते भएकी छिन् । उनको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । प्रहरीका अनुसार आरोपितकी श्रीमतीले आरोपितविरुद्ध उजुरी दिएकी हुन् ।

यास्मिनले प्रहरीलाई बयान दिँदै भनेकी छन्, ‘मैले कार रोक्न खोजेँ, त्यसैले उनीहरूले मलाई किचे। यो घटनाका कारण मेरो टाउकोमा धेरै चोट लागेको छ । कमलले अलिकति पनि मानवता देखाएनन् । कमलले नयाँ केटीहरूलाई आफ्नो मायाको जालमा फसाउँछ। केटीहरूको लागि धेरै मंहगो सपिङ गरिदिएर उनले धेरैलाई फसाएका छन् ।’

मिश्र भारतीय फिल्म उद्योगका चर्चित निर्माता हुन् । उनी युपीका बासिन्दा हुन् । उनले सन् २०१९ मा निर्माताको रुपमा बलिउडमा डेब्यु गरेका थिए । कमलले वान इन्टरटेनमेन्ट फिल्म प्रोडक्सन नामक प्रोडक्सन हाउस चलाउँछन् । उनले ‘फ्लैट नं ४२०’, ‘शर्मा जी की लग गई’ जस्ता धेरै फिल्म निर्माण गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
2
+1
2
+1
1
+1
0
+1
1
+1
3
Views: 1711

प्रतिक्रिया (०)

सम्बन्धित खबर