Aamsanchar

कनकाईमा भव्य छठ पूजा, दर्जनौँलाई सम्मान, रातभर सांगीतिक जाग्राम

Author Image
आइतवार, कार्तिक १३, २०७९

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित कनकाईमाई नदीमा आयोजित छठ पूजा कार्यक्रममा एकजना पत्रकारसहित जग्गादाताहरु सम्मानित भएका छन् ।

कनकाई छठ सेवा समाजले छठ पूजाको उद्घाटन कार्यक्रमको अवसर पारेर आइतवार ९आज० पत्रकार राम निरौलासहित जग्गादाताहरुलाई सम्मान गरेको हो । पत्रकार निरौलालाई पत्रकारिताको माध्यमबाट समाज सुधारमा योगदान गरेको भन्दै सम्मान गरिएको हो । कनकाई नगरबाट प्रकाशित हुँदै आएको अनलाइन नयुज पोर्टलसहितको कनकाई खवर साप्ताहिकका सम्पादक तथा प्रकाशकसमेत रहेका पत्रकार निरौलालाई १५ बषैदेखि पत्रकारितामा क्रियाशिल रहँदै खाएका छन् ।

सम्मानीत ब्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा कनकाई छठ सेवा समाजलाई एकधुर जग्गा प्रदान गर्ने जग्गा दाता रिन्कु तथा राजकिशोर चौधरी, बसन्त शाह र तारानाथ प्रसाई रहेका छन् ।

त्यसैगरी जेष्ठ नागरिकको रुपमा महेश्वरप्रसाद गुप्ता, सहयोगी तथा अग्रजका रुपमा जगतनारायण मण्डल, शिक्षा तथा राष्ट्रिय सेवकका रुपमा शम्भु शाह, समाजसेवीका रुपमा मिनकुमार प्रधान, कार्यसमिति सकृय माहानुभावका रुपमा किरण कारक, दिनेश ठाकुर, अशोक शाह, रोहित मण्डल संस्थापक तथा पूर्व अध्यक्षका रुपमा उपेन्द्र प्रधान, चन्द्रशेखर शाह, किसनकुमार सोनी, पवनकुमार शाह र निवर्तमान अध्यक्ष सुरेन्द्र प्रधानलाई समेत सम्मान गरिएको थियो ।

स्वागत कनकाई छठ सेवा समाजका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक मुन्ना साहले गरेको कार्यक्रममा झापा क्षेत्र नं। ४ का गठबन्धनतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार देउकुमार थेवे, नेकपा एमालेका तर्फबाट झापा ४ का प्रतिनिधिसभा सदस्य एलपी साँवा, स्वतन्त्रबाट झापा ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार युक्त भेटवाल, स्वतन्त्रबाट झापा ४ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेद्वार खुश्बु ओली, संघ÷संस्थाका तर्फबाट लीलाप्रसाद चिमरियालगायतले शुभकामना मन्तव्य राखेका थिए । कनकाई छठ सेवा समाज अध्यक्ष राजकिशोर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथि प्रकाश संस्थापक अध्यक्ष उपेन्द्र प्रधानले पारेका थिए । कार्यक्रमको सञ्चालन समाजका महासचिज रबिन्द्र गुप्ताले गरेका थिए ।

कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । तिहार लगतै शुरु भएको छठ पूजाको तेस्रो दिन आज रातभर भक्तजन तथा ब्रतालुले जाग्राम बस्ने गर्छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 476

प्रतिक्रिया (०)

सम्बन्धित खबर