Aamsanchar

गुजरातमा पूल भत्किँदा १ सय ४१ जनाको मृत्यु

Author Image
सोमवार, कार्तिक १४, २०७९

तस्बिर : एएनआइबाट

काठमाडौं । भारतको गुजरातमा एउटा पूल भत्किँदा १४१ जनाको मृत्यु भएको छ । पूल भत्किँदा त्यहाँ चार सय बढी मानिस रहेको अनुमान गरिएको छ ।

मच्छु नदीमा बनाइएको सस्पेन्सन पूल अचानक चुडेको थियो । आइतबार बिदाका कारण घुम्न जानेहरु उक्त पूलमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पूल एक्कासी चुडिएपछि सेना, जलसेना, एयरफोर्स एनडीआरएफ, फायर ब्रिगेडलगायतको टोलीले उद्धार गरेको आजतकले जनाएको छ ।

अहिलेसम्म दुई सय बढीको उद्धार गरिएको छ ।

Views: 265

प्रतिक्रिया (०)

सम्बन्धित खबर