Aamsanchar

कर्नाटकमा ट्रक र अटो रिक्सा ठोकिँदा सात महिलाको मृत्यु

Author Image
शनिवार, कार्तिक १९, २०७९

काठमाडौं –कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोकिँदा सात महिलाको मृत्यु भएको छ। उक्त दुर्घटनामा अन्य छ जना घाइते भएका छन्।

बेमलखेडा गाउँ नजिकै दुर्घटना भएको र दुर्घटनाका घाइतेलाई बिदर अस्पताल लगिएको बिदर प्रहरीले जनाएको छ। बुढामनहल्ली गाउँपालिकाका महिला मजदुर काम सकेर घर फर्किरहेका बेला सो दुर्घटना भएको हो।

घटनाबारे बेमलखेडा प्रहरी चौकीमा उजुरी परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी छ।

Views: 321

प्रतिक्रिया (०)

सम्बन्धित खबर