Aamsanchar

आज हल्का वर्षाको सम्भावना

Author Image
सोमवार, कार्तिक २१, २०७९

काठमाडौं : पश्चिमी वायुको सामान्य  प्रभावका कारण सोमबार बदली हुनुका साथै हल्का वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य बदली र पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राजधानी काठमाडौंमा बिहान बदली रहे पनि अहिले केही खुलेको छ । दिउँसो पुनः बदली रहनुका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना छ। मौसमविद् मञ्जु वासीले तराई क्षेत्रमा आज हल्का बदली रहे पनि वर्षाको सम्भावना नरहेको जानकारी दिइन्।

प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। रातिको समयमा देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

सोमबार काठमाडौंको अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर