Aamsanchar

झापा : श्रीमानले करुवा प्रहार गर्दा श्रीमतीको घटनास्थलमै ज्यान गयाे

Author Image
बिहिवार, कार्तिक २४, २०७९

झापा – घरयासी विवाद हुँदा झापाको बुद्धशान्तिमा श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गएको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ बुधबारे बजारमा सुन पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय रघुनाथ गोरडले २६ वर्षीय श्रीमती सपना गोरडलाई पानी खाने करुवाले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोरड दम्पत्ति भारतको महाराष्ट्र गुरेली ग्राम पंचायत घर भई हाल बुद्धशान्ति गाउँपालिका १ बुधबारेमा सुन पसल सञ्चालन गर्दै आएको बताइएको छ ।

श्रीमतीमाथि करुवा प्रहार गर्ने रघुनाथलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर