Aamsanchar

र्‍यापर हप्याकको मुखमा झाँक्रीले अगुल्टो झोसेपछि….

Author Image
शुक्रवार, कार्तिक २५, २०७९

काठमाडौं – नवलपरासीको कावासोतीमा गत साता भएको एक अन्धविश्वासको घटनाले नेपाली हिपहप संगीत क्षेत्र स्तब्ध बनेको छ । उक्त घटनाको भिडियो सार्वजनिक भएपछि अहिले पीडित र्‍यापरलाई न्याय दिनुपर्ने चौतर्फी माग उठेको छ ।

टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’का प्रतिस्पर्धी र्‍यापर हप्याक (मिलनजंग कुँवर)लाई झारफुक गर्ने भन्दै झाँक्रीले मुखमा अगुल्टो झोसेपछि उनी घाइते भएका छन् ।उक्त रियालिटी शोले शुक्रबार सामाजिक सञ्जालबाट सार्वजनिक गरेको उक्त घटनाको भिडियोमा र्‍यापर हप्याकमाथि आगो झोस्नेदेखि कुटपिट गरिएको देख्न सकिन्छ ।यातना दिने झाँक्री र अन्यलाई पक्राउ गर्नुपर्ने, पीडित र्‍यापरलाई उपचार गर्नुपर्ने माग गदै नेपहपको श्रीपेचको टोली त्यसतर्फ लागेको छ । ‘यथार्थ बुझेपछि हामीले दोषीलाई कारवाही गर्न प्रहरीमा उजुरी दिनेछौं,’ निर्माता सुदीप पोखरेलले भने ।पोखरेलका अनुसार उक्त घटनापछि र्‍यापर हप्याक बोल्ने अवस्थामा छैनन् । उनको मुख डढेको छ । प्रहरीमा उजुरी दिन ढिलाइ भएको भन्दै रियालिटी शोले दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन दबाब दिने जनाएको छ ।सामाजिक सञ्जालमा समेत पीडितलाई न्याय दिनुपर्ने माग उठिरहेको छ । साथै, दोषीलाई कारवाही गर्नुपर्ने माग हिपहप संगीत क्षेत्रले गरेको छ ।

Views: 285

प्रतिक्रिया (०)

सम्बन्धित खबर