Aamsanchar

आजको मौसम केही ठाउँमा वर्षा र हिमपात हुने 

Author Image
आइतवार, कार्तिक २७, २०७९

आज पहाडी क्षेत्रको बदली हुने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ।

राति गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सोमबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ। सुदूरपश्चिम र कर्णालीका हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर