Aamsanchar

लेबनानको अध्यागमनले गायकद्वय प्रमोद खरेल र बादल थापालाई २० घण्टा नियन्त्रणमा लियाे

Author Image
आइतवार, कार्तिक २७, २०७९

काठमाडौं –गायकद्वय प्रमोद खरेल र बादल थापालाई लेबनानको अध्यागमनले नियन्त्रणमा लिएर छाडेको छ ।

सांस्कृतिक कार्यक्रमका लागि साइप्रस हिंडेका उनीहरुलाई अध्यागमनले २० घण्टा नियन्त्रणमा लिएको हो । गायक थापाले  घटनाबारे जानकारी दिएका हुन् ।उनीहरुको भिसामा शंका लागेपछि राजधानी बेरुतस्थित रफिक हरारी विमानस्थल अध्यागमनका कर्मचारीले शनिबार राति नियन्त्रणमा लिएका थिए ।उनीहरु साइप्रस नपुग्दा त्यहाँ नेपाली समुदायले आयोजना गरेको कल्चरल म्युजिक प्रोग्राम इन साइप्रस स्थगित भएको छ । कोष ओभरसिज प्रालि र एसएम इभेन्ट इन्टरटेनमेन्ट एण्ड ट्राभल सोलुसनले कार्यक्रम आयोजना गरेका थिए ।आयोजकमध्येका केही व्यक्तिले कार्यक्रम रोकिएकोबारेका खबरलाई फेसबुकमा पनि सेयर गरेका छन् । अध्यागमनले रोकेपछि केही दिनमा आफूहरु नेपाल फर्किन लागेको गायक थापाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर