Aamsanchar

धारिलो हतियार प्रयोग गरेर नुवाकोटको दुप्चेश्वरमा आमाछोरीको हत्या

Author Image
मङ्गलवार, कार्तिक २९, २०७९

काठमाडौ ः नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भङ्गेरीमा सोमबार साँझ आमाछोरीको हत्या भएको छ।  धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनको छोरी तीन वर्षीया कृष्टिना खतिवडाको हत्या भएको नुवाकोट प्रहरीले जनाएको छ।

धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्‍याएर उनीहरुको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव सोमबार  साँझ ७ बजे भेटिएको  जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

उनका अनुसार घटनामा अपराध भएको पाइएकाले सोही अनुसार प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर