Aamsanchar

हथौडाले हानेर ३४ वर्षीया श्रीमतीको हत्या गर्ने ४० वर्षीय श्रीमान पक्राउ

Author Image
शुक्रवार, मंसिर २, २०७९

दाङ : दाङमा श्रीमानले हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।  बबई गाउँपालिका १ क्यूरेनी बस्ने  ४० वर्षीय श्रीमान लालबहादुर बोटेले हथौडा प्रहार गरी श्रीमती ३४ वर्षीया खुमी बोटेको हत्या गरेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मान बहादुर बस्नेतले जानकारी दिए।

शुक्रबार बिहान ३ बजे तिर श्रीमान श्रीमतीको घरायसी विवाद हुँदा हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेको बस्नेतले बताए।

श्रीमान बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको छ।शवलाई पोष्ट मार्टमका लागि तुलसीपुर ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर