Aamsanchar

काठमाण्डौमा ह्वात्तै चिसो बढ्यो  

Author Image
सोमवार, मंसिर ५, २०७९

काठमाण्डौमा आज यस वर्षकै चिसो महसुस गरिएको छ । जाडो बढ्ने क्रममै रहेकाले आउने दिनमा अझै चिसो बढ्ने छ । काठमाण्डौको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षकै सबैभन्दा कम हो ।

यसअघि गएको नोभेम्बर १३ तारिख अर्थात् २७ गते काठमाण्डौको न्यूनतम तापक्रम ८ दशमलव ३ डिग्री सेल्सियस थियो । न्यूनतमसँगै अधिकतम तापक्रम पनि घट्न थालेको छ । काठमाण्डौसहित देशभर नै चिसो बढेको छ ।

आज प्रदेश(१ का सबैजसो जिल्लाको मौसम आंशिक बदली हुने अनुमान गरिएको मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पनि आजको मौसम आंशिक बदली हुने अनुमान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
शनिवार, वैशाख २२, २०८१
अझै ५ दिनसम्म तातो हावा चल्ने
आइतवार, वैशाख १६, २०८१
आजको मौसम
शनिवार, वैशाख १५, २०८१