Aamsanchar

प्रतिबन्धित लागूऔषध सहित धरानका दुई जना पक्राउ

Author Image
बिहिवार, मंसिर ८, २०७९

सुनसरी । सुनसरीको धरान उप -महानगरपालिका-१५ श्यामचोक स्थितबाट प्रतिबन्धित लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उप(महानगरपालिका-१५ का ३४ बर्षिय किशोर परियार र धरान ३ का २७ बर्षिय वीरवल प्रसाद साह रहेका छन् ।

बुधबार बिहान ७ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा को २५ प ४६४० नम्बरको स्कुटरमा लुकाई छिपाई ल्याउदै गरेको dialax dc 35 tablet, spasmo prokxyvon 208 capsul र nirtosun 15 tablet   तबदभित प्रतिबन्धित लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका परियार र साहको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 333

प्रतिक्रिया (०)

सम्बन्धित खबर