Aamsanchar

ब्राजिलको दुईवटा विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ जना घाइते

Author Image
शनिवार, मंसिर १०, २०७९

ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको सीएनएनले ब्राजिलका अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

 

ब्राजिलमा विद्यालयमा गोली चलाउने बन्दुकधारीले सेमी अटोमेटिक हतियार बोकेको क्यामेरा फुटेजमा देखिएको छ। अनुहार छोपेको सो व्यक्तिले सेनाको पोसाक लगाएको देखिएको छ।

यद्यपि गोली प्रहार गर्ने व्यक्ति १६ वर्षीय भएको आशङ्का गरिएको छ। सीएनएनका अनुसार उक्त राज्यको राजधानी भिटोरियाबाट ५० माइल उत्तरमा रहेको सानो शहर अराक्रुजमा सो आक्रमण भएको थियो।

एस्पिरिटो सान्तोका गभर्नर रेनाटो कासाग्रान्डेले शुक्रबार ट्वीटमा गर्दै, ‘सुरक्षा टोलीले आक्रमणकारीलाई पक्राउ गरेको छ जसले कायरतापूर्वक अराक्रुजका दुई विद्यालयमा आक्रमण गरेको थियो।

Views: 202

प्रतिक्रिया (०)