Aamsanchar

काठमाडौंमा आज यो बर्ष कै धेरे चिसो

Author Image
बिहिवार, मंसिर १५, २०७९

काठमाण्डौ । तराईका जिल्लाहरुमा दिउसो गर्मी नै हुने गरेको छ । विहान वेलुका भने सामान्य चिसो बढेको छ । काठमाण्डौमा भने आज यसवर्षकै चिसो छ । काठमाण्डौको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसमविद् हिरा भट्टराईले बताउनुभयो । काठमाण्डौको हिजोको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस थियो ।

देशका अन्य ठाउँमा पनि न्यूनतम तापक्रम घट्न थालेको छ । चिसो बढ्दै गएकाले न्यूनतम तापक्रम घट्न थालेको हो । मौसममा असर पार्ने प्रणाली नभए पनि जाडोयाम सुरु भइसकेकाले चिसो बढेको हो । देशभर नै बिहान र बेलुका चिसो धेरै छ ।

दिउँसो भने पारिलो घाम लाग्ने गरेकाले न्यानो छ । देशका धेरै ठाउँको अधिकतम तापक्रम २० डिग्री सेल्सियसभन्दा माथि नै रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर