Aamsanchar

‘फेसबुकमा समय र लगाव राम्रो सँग खर्चिने हो भने घर खर्च चलाउन देखि बैङ्क ब्यालेन्स राम्रै बनाउन सकिन्छ’

Author Image
आइतवार, मंसिर १८, २०७९

फेसबुक चलाउँदै पैसा कमाउन मन कसलाई नहोला र ?  हो सबैलाई छ तर कसरी सुरु गर्ने र कति समय लाग्छ त ? के मैले पनि गर्न सक्छु त ? आज यो सबै प्रश्नहरूको बारेमा छलफल गर्ने छौँ। म आफैले पनि यहाँ उल्लेखित तरिकाहरू बाट राम्रो आम्दानी गरिआएको छु। महिनाको ५० हजार देखि ४ लाख सम्म मजाले कमाइ गरिरहेको छु। तपाईँहरूले पनि राम्रै आम्दानी गर्न सक्नुहुनेछ।  समय र लगाव राम्रोसँग खर्चिने हो भने घर खर्च चलाउन देखि बैङ्क ब्यालेन्स राम्रै बनाउन सम्म सकिन्छ।
फेसबुकबाट पैसा कमाउने धेरै तरिकाहरू छन् , ती मध्ये सबै भन्दा लोकप्रिय ३ को बारेमा आज हामी छलफल गर्ने छौँ।  
१, इन स्ट्रिम एड :
इन स्ट्रिम एड भनेको युट्युबको जस्तै भ्यु बाट आउने पैसा हो। यसमा पनि जति धेरै भ्यु त्यति नै धेरै पैसा कमाउन सकिन्छ। यो फिचर हाल नेपालमा उपलब्ध नभए पनि तपाईँहरूले यसबाट आम्दानी भने गर्न सक्नु हुनेछ। यो फिचर अहिले सम्म फेसबुक पेजहरूमा मात्र उपलब्ध छ र  फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार चाडै नै यो फिचर फेसबुकको प्रोफाइलमा पनि आउने छ।
इन स्ट्रिम एडबाट पैसा कमाउनको लागि तपाईँसँग एउटा फेसबुक पेज हुन जरुरी छ जन पेजमा कम्तीमा १० हजार फ़लोवर्स, कम्तीमा ५ वटा भिडियो र ६० दिन भित्रमा आफ्नो भिडियोमा ६ लाख मिनेट भ्यु पनि हुन जरुरी छ। यति मात्र नभएर तपाइको भिडियोमा भएको भाषा पनि इलिजेबल हुन जरुरी छ। इन स्ट्रिमको लागि आफ्नो पेज इलिजेबल छ कि छैन भनेर  फेसबुकको क्रियटर स्टुडियोमा हेर्न सकिन्छ।
२, ईन्स्ट्यान्ट आर्टिकल स् 
ईन्स्ट्यान्ट आर्टिकलमा जो कोहीले पनि आफ्नो ब्लग वा वेबसाइटबाट आम्दानी गर्न सक्छन्। ईन्स्ट्यान्ट आर्टिकल आफ्नो ब्लग वा कन्टेन्ट मनिटाइज गर्ने एउटा भरपर्दो माध्यम हो। नेपाली भाषाको लेख तथा ब्लगहरू पनि मनिटाइज गर्न मिल्ने भएकाले यो नेपालमा एकदमै चर्चित छ।  ईन्स्ट्यान्ट आर्टिकल सेट अप गर्नको लागि एउटा वेबसाइट जसमा आफैले लेखेको लेखहरू हुन जरुरी छ जसमा सेक्सुवल कन्टेन्ट वा कुनै पनि किसिमको कम्युनिटी भायोलेसन हुनु हुँदैन। ईन्स्ट्यान्ट आर्टिकल सुरु गर्नको लागि क्रियेटर स्टुडियोमा गएर हेर्न सक्नु हुन्छ।
३, ईन्स्ट्यान्ट गेम 
ईन्स्ट्यान्ट गेम डेभलपरहरुको लागि एकदमै राम्रो अवसर बोकेको फिचर हो। यसबाट आफैले गेम बनाएर फेसबुकको गेम स्टोरमा हाल्न सकिन्छ। फेसबुकमा, मेसेन्जरमा लुडो वा अन्य कुनै गेम त खेल्नु भएकै होला ?  हो त्यही हो ईन्स्ट्यान्ट गेम। ‘तपाइको विवाह कहिले हुन्छ जान्नुहोस’ भनेर हाम्रो फेसबुकमा आउने पोस्टहरू पनि  ईन्स्ट्यान्ट गेम भित्र पर्दछन्। तपाइले ती गेमहरू खेल्दा आउने एडहरू बाट नै उक्त गेमको डेभलपरले लाखौँ  पैसा कमाउँछन्। ईन्स्ट्यान्ट गेम बाट पैसा कमाउनको लागी तपाइलाई प्रोग्रामिंगको बारेमा ज्ञान  हुन जरुरत छ। ईन्स्ट्यान्ट गेमको लागि  अलिक लामो प्रक्रिया र धेरै नै ज्ञान चाहिने भएता पनि यसबाट आउने आम्दानी पनि निकै नै राम्रो हुन सक्छ।  ईन्स्ट्यान्ट गेममा आफूले बनाएको गेम खेल्ने ५ लाख जना बराबर लगभग २ देखि ४ लाख सम्म कमाउन सकिन्छ। ईन्स्ट्यान्ट गेमको बारेमा थप बुझ्न र सुरु गर्नको लागि फेसबुकको डेभलपर पेजमा जानुहोस्।
बोनस :
फेसबुकबाट राम्रो आम्दानी गर्न सकिने तरिकाहरू यतिमै सीमित छैनन्। फेसबुक गेमिंग पेज बनाएर पनि राम्रो आम्दानी गर्न सकिन्छ। यदि तपाइको लगाव गेम खेल्न तर्फ छ भने  फेसबुक गेमिंग तपाइको लागि आम्दानीको राम्रो स्रोत हुन सक्छ। स्टार , सब्स्क्राइबर्स, इन स्ट्रिम एड मात्रै नभएर फेसबुक आफैले पनि तपाईँलाई मासिक भुक्तान गर्न सक्छ। आफूसँग भएका पेज वा ग्रुपहरू भाडामा लगाएर, अरूको व्यवसायको विज्ञापन गरेर वा फेसबुक पेज वा पोस्ट बुस्ट गर्ने सर्भिस दिएर, फेसबुकको माध्यमबाट आफूसँग भएका सामाग्रीहरू बिक्री वा वितरण गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ।  

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर