Aamsanchar

अपहरणमा परेको ५१ वर्षपछि एक परिवारले आफ्नी छोरी भेट्टाए

Author Image
मङ्गलवार, मंसिर २०, २०७९

काठमाडौं : अमेरिकामा अपहरणमा परेको ५१ वर्षपछि एक परिवारले आफ्नी छोरी भेट्टाएको छ।

बच्चा हेर्न राखिएकी महिलाले अपहरण गरेकी आफ्नी छोरी खोज्न एक दम्पतीले आधा शताब्दी कुर्नुपर्यो।  सन् २०७१ मा मेलिसा हाइस्मिथ जम्मा २२ महिनाकी मात्र थिइन्, जब उनको टेक्सस राज्यस्थित घरबाट बच्चा हेर्न राखेकी महिलाले उनलाई अपरहण गरेर लेगकी थिइन्।

उनीहरुले अनेकौं प्रयत्न गर्दा पनि अपहरणकारी महिला र आफ्नी छोरी भेट्टाउन सकेनन्।  केही नलागेपछी उनीहरुले सन् २०१८ मा आफ्नी छोरी हराएको सूचना राखेका ‘वी फाउण्ड मेलिसॉ नाम दिएर उनको खोजी गरेका थिए।

इन्टरनेटमा रहेको एउटा वेबसाइटको सहयोगमा उनीहरुको डीएनए परीक्षण गरिएको थियो। ५१ वर्षपछिको मिलन पछि  एक अर्काले खुशीयाली साटेका थिए।

Views: 183

प्रतिक्रिया (०)