Aamsanchar

आजकाे माैसम

Author Image
शुक्रवार, मंसिर २३, २०७९

काठमाडौं – देशका पहाडी भू–भागका थोरै स्थानमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज बिहान पौने ६ बजे काठमाडौंको तापक्रम ७.२ डिग्री सेल्सियस रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

तराईका केही भू–भागमा बिहानको समयमा हुस्सु/कुहिरो लागिरहेको छ । घाम लागेपछि उक्त हुस्सु र कुहिरो हट्नेछ । देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । जसका कारण हिमपात र वर्षा केहीसमय यता भएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर