Aamsanchar

कांग्रेसका सुखविन्दर सिंह हिमाञ्चल प्रदेशको मुख्यमन्त्रीमा चयन

Author Image
आइतवार, मंसिर २५, २०७९

एजेन्सी – भारतको हिमाञ्चल प्रदेशको मुख्यमन्त्रीमा सुखविन्दर सिंह सुखु चयन हुनुभएको छ ।

हिजो बेलुकी बसेको कांग्रेस संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गरेसँगै सुखु मुख्यमन्त्री बन्नुहुने भएको बीबीसी हिन्दीले जनाएको छ । यस्तै मुकेश अग्निहोत्री उपमुख्यमन्त्री बन्नुहुनेछ । उहाँहरुले आज पदको शपथ लिनुहुने कांग्रेस नेता राजीव शुक्लाले जानकारी दिनुभएको छ ।

६८ सदस्यीय विधान सभा रहेको हिमाञ्चलमा कांग्रेसले ४०, भारतीय जनता पार्टीले २५ र स्वतन्त्र उम्मेदवारले तीन सिट जितेका छन् । हिमाञ्चलमा कांग्रेसको बहुमतसहित एकल सरकार बन्नेछ । संसदीय दलको नेतामा चयन भएपछि सुखुले हिमाञ्चलका नागरिकसँग गरेका वाचा कार्यान्वयन गर्ने जिम्मेवारी प्राप्त भएको भन्दै चुनावमा गरिएका वाचा अक्षरस कार्यान्वयन गर्ने बताउनुभयो ।

Views: 216

प्रतिक्रिया (०)