Aamsanchar

श्रीमतीले गरिन् आफ्नै श्रीमानको हत्या

Author Image
सोमवार, मंसिर २६, २०७९

बुटवल – अर्घाखाँचीमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर १ चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेकी हुन् । मंसिर २४ गते साँझ झगडा हुँदा बलबहादुरले लक्ष्मीलाई कुटपिट गरेकाे र सोही रिसले लक्ष्मीले आफ्नाे पटुकाले श्रीमानको घाँटीमा पासो लगाएर मारेकाे बयान दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे जानकारी दिए ।

प्रहरीका अनुसार लक्ष्मीले पासोबाट शव निकाली भुँइमा राखी पटुका आफ्नो कम्मरमा बाँधी आफूलाई श्रीमानले कुटपिट गरेको भन्दै गुहार मागेकी थिइन । सार्की दाम्पतिले झगडा हुनु पहिले रक्सी पिएका थिए ।

लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ ।

Views: 307

प्रतिक्रिया (०)

सम्बन्धित खबर