Aamsanchar

आजकाे माैसम पुर्वानुमान

Author Image
बिहिवार, मंसिर २९, २०७९

काठमाडौं : देशका विभिन्न स्थानमा बिहीबार आंशिक बदलीको सम्भावना छ। गण्डकी, लुम्बिनी, बागमती र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागको अनुमान छ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। बिहान तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लाग्नुको साथै पहाडी भू–भागमा आंशिक बदली रहेको छ।

विभागका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस मापन भएको छ। बुधबार ५.८ डिग्री सेल्सियस रहेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर