Aamsanchar

आजको मौसम

Author Image
शुक्रवार, पौष १, २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार बिहान तराई भूभागका केही स्थानहरुमा हुसु तथा कुहिरो लाग्नुको साथै पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ ।

यसैगरी दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर