Aamsanchar

उच्च पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Author Image
शनिवार, पौष २, २०७९

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशकै पहाडी भू–भागका १–२ स्थानमा हल्का वर्षा तथा सोही प्रदेशको उच्च पहाडी भू–भागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना समेत छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

राति प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि पूर्ण बदली रही बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले तराईका केही भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १८ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । शनिवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ५ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २४ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर