Aamsanchar

सिजन शुरु भएसँगै  झापाको वनभोज स्थलहरुमा चहलपहल बढ्यो

संस्थाको साधारणसभा, वार्षिकोत्सव, स्थापना अन्य कार्यक्रम पनि पिकनिक स्पटमै

Author Image
शनिवार, पौष २, २०७९

 

फायल तस्वीर : आमसंचार

मेचीनगर ।  पिकनिकको सिजन शुरु भएसँगै मेचीनगर आसपाससहित जिल्लामा  (वनभोज स्थल) मा  चहलपहल बढेको छ । झापाका अन्य पिकनिक स्पर्टहरुमा पिकनिक खाने र पिकनिकमा रमाउनेहरुको चहल बढ्न थालेको हो । यसकारण ती पिकनिक स्टपहरु पनि धमाधम बुकिङ भइरहेका छन्  । लगातारको चिसो स्याँठले वातावरण चिस्याइरहेकै बेला जिल्लाका धेरैैजसो गाउँ/नगर बस्तीमा नयाँ पिँढीका किशोर र युवाबीच पिकनिक स्पटहरुमा चहलपहल बढेको हो ।

मेचीनगरका बाँसबारी सिमसार क्षेत्र, कालिका, थोप्लेविरान सामुदायिक वन, पाताल गंगा, तेलपानीको पिकनिक स्पट, मागुरमाडी सामुदायिक वन तथा जिल्लामा रहेका कनकाई नगरपालिकामा रहेको जामनुखाडी, शिवसतासी नगरपालिकामा रहेको दोमुखा धार्मिक तथा पर्यटकीयस्थल, भद्रपुर नगरपालिका क्षेत्रमा रहेको किच्चकबध धार्मिक तथा पर्यटकीयस्थल वनभोजका लागि प्रमुख आकर्षणका स्थान हुन् । यी स्थानहरु पिकनिककालागि स्वदेशी एवम् विदेशीको रोजाइको पिकनिक गन्तव्य रहेको मानिन्छ । पिकनिकको सिजनशुरुभएसँगै यतिखेर ती स्थान भरिभराउ छन् । यी स्थानमा पिकनिक मात्रै नभएर अरु समयमा पनि धेरै पर्यटकहरुको भीड लाग्ने गर्छ । शान्त र हरियाली वातावरणमा पिनिकको मजा लिन सकिने भएकाले पनि आन्तरिक तथा बाह्य मानिसको रोजाईमा यी ठाउँ पर्ने गरेको झापा मेचीनगर ६ काँकरभिट्टाका कमल गुभाजुको भनाई छ ।

पिकनिकको तयारीले वनक्षेत्रमा अहिले चहलपहल निकै बढेको छ  । पिकनिकको सिजनशुरु भएसँगै पिकनिक आयोजन गर्ने समूहको रोजाइमा वन क्षेत्रका खोल्साखोल्सी र चौर पनि पर्न थालेपछि अहिले जिल्ला त्यस्ता स्थलहरुमा चहलपहल ह्वात्तै बढेको हो ।

फायल तस्वीर : आमसंचार

अधिकांश पिकनिक स्पटमा  पिउने र खाना बनाउने पानीको सुविध, शौचालय तथा विभिन्न प्रकारका जीवजन्तु तथा बालबालिकाहरुका लागि खेल्ने साधन भएकाले पनि पछिल्लो समय स्थानीय स्तरमै रहेका पिकनिक स्पटमा पिकनिक खाने र रमाउनेहरुको संख्या बढ्ने गरेको छ । अन्य दिनको तुलनमा  शनिवार भीडभाड हुने गरेको सम्बन्धित क्षेत्रका पदाधिकारीहरुको भनाई छ । शनिवार सार्वजनिक विदा र्भका कारण सरकारीदेखी गैरसरकारी संघ संस्थाहरु समेत पिकनिकका लागि पुग्ने गरेको झापा काँकरभिट्टाकी राधिका कार्कीको भनाई छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण यी पर्यटकीय क्षेत्रमा बनेका पिकनिकस्थल सुनसान थिए । अहिले मंसिरमहिना शुरुभएसँगै पुसमा पिकनिक खानेहरुको संख्या बढेको छ । जस्का कारण ती स्थलहरुको आम्दानी समेत राम्रो छ । स्पटको आधारमा पिकनिक स्पटको मूल्य तोकिन्छ । तर केही पिकनिक स्पटले भने सबैखाले स्पटलाई एउटै दरमा दिने गरेको मेचीनगरको बाँसबारी सामुदायिक सिमसार तथा पर्याटकीय क्षेत्रका  अध्यक्ष तकदिर प्रसाईँले बताउनुभयो ।

फायल तस्वीर : आमसंचार

पिकनिकसँगै विभिन्न जीवजन्तुको अवलोकन गर्न सकिने अध्यक्ष प्रसाईँको भनाई छ । मंसिरमहिना शुरुभएपछि यहाँ दिनमा कम्तिमा २५ वटासम्म टोली पिकनिककालागि आउने गरेको उहाँको भनाई छ । जाडो मौसममा पिकनिकसँगै घुम्न मासिक १० हजार पर्यटक आउने यस सामुदायिक सिमसार क्षेत्रमा कोभिड १९ को संक्रमण शुरु भएसँगै पर्यटक नआउँदा सुनसानझै बनेको थियो । पर्यटकीयस्थलसँगै यी क्षेत्र आसपासमा खोलिएका ठुल्ठूला होटल रेस्टुरेन्टसमेत सञ्चालनमा छन् ।

जिल्लामा विशेषगरी सामुदायिक वनहरुले २० देखि २ सय सम्म पिकनिकस्थल बनाएका छन् । शुरुमा जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिले पर्यापर्यटनका क्षेत्रमा पर्यटकलाई आकर्षण गर्न बनाइएका विभिन्न संरचनासँगै पिकनिकस्थल समेत निर्माण गरेपछि अन्य सामुदायिक वनले पनि पिकनिकस्थल निर्माण गरेका थिए ।

फायल तस्वीर : आमसंचार

सिजनमा पिकनिककै लागि आउनेको भीड नियन्त्रण गर्न र सुरक्षा प्रदान गर्न भ्याइनभ्याई हुन्थ्छ । आ-आफ्नो समूह बनाएर पिकनिकका लागि मानिसहरु आउने गरेका छन् । खासखास अवसरमा पिकनिकका लागि यी ठाउँ आम रोजाइमा पनेृ थालेपछि  मेचीनगर नगरपालिकाले पिकनिकस्थलको योजनाबद्ध विकासका लागि चासो दिन थालेको छ । नगरपालिका क्षेत्रका पिकनिकस्थललाई व्यवस्थित गरे ठाउँको सौन्दर्य वृद्धि हुनुका साथै स-शुल्क ठाउँ दिने परिपाटी बस्ने र यसले नियमित आम्दानीको स्रोत बन्ने कुरा नगरपालिकाले जनाएको छ ।

मेचीनगर नगरपालिका उपप्रमुख  मीना पोखरेल उप्रेतीले पिकनिकस्थलको विकास, प्रवद्र्धन र प्रयोगबारे योजनाबद्ध काम थालिएको बताउनुभएको छ । नगरभित्रका प्रमुख धार्मिकस्थल, पर्यटकीयस्थल र पिकनिकस्थलको पहिचान गरेर यिनको विकासका लागि योजनाबद्ध काम थालेको र  केही ठाउँमा काम गर्न कानूनी जटिलता पनि रहेकाले यिनको समाधान गर्दै काम बढाउन लागिएको उहाँको भनाई छ । पछिल्लो समय ती स्थानमा पिकनिकमात्र होईन धेरैले आ-आफ्नो संस्थाको साधारणसभा, वार्षिकोत्सव, स्थापना दिवस तथा जन्मदिनलगायत अन्य कार्यक्रम पनि आयोजना गर्ने गरेको रोटरी क्लब अफ काँकरभिट्टाका पूर्व अध्यक्ष राजु मर्हजनको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 376

प्रतिक्रिया (०)

सम्बन्धित खबर