Aamsanchar

सामाजिक सञ्जालमा विवाद हुँदा अमेरिकाको एट्लान्टामा दुई किशोरको गोली हानी हत्या

Author Image
आइतवार, पौष ३, २०७९

काठमाडौं : अमेरिकाको एट्लान्टामा भएको गोलीबारीमा दुई किशोरको गोली हानी हत्या गरिएको छ। घटनामा तीन नाबालिग घाइते भएका छन्।

सामाजिक सञ्जालमा विवाद हुँदा उक्त घटना भएको एटलान्टा प्रहरीले जनाएको छ। अधिकारीहरूले बेलुका ५ बजेपछि सहरको दक्षिण पश्चिममा रहेको कम्प्लेक्समा भएको जनाएका छन्। गोली लागेका पाँच जना भेटिएको र दुई जना घटनास्थलमै मृत भेटिएको प्रहरीले जनाएको छ।

मृतकमा १४ र १६ वर्षका किशोर रहेका छन्।   ११ र १५ वर्षका किशोर र १५ वर्षकी किशोरी घाइते छिन्।  सामाजिक सञ्जालमा विवाद हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Views: 121

प्रतिक्रिया (०)