Aamsanchar

इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुँदा कम्तीमा १९ जनाको ज्यान गयाे

Author Image
सोमवार, पौष ४, २०७९

अफगानिस्तानको राजधानी काबुल नजिक इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ ।

काबुलको उत्तरी भागमा रहेको एक सुरूङमा इन्धन बोकेको ट्याङ्कर विस्फाेट भएको थियो । घटनामा ३२ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

विस्फाेटमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ ।

इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुनुको कारण खुलेको छैन । विस्फाेटसँगै लागेको आगो सुरक्षाकर्मी र दमकलको सहायताले निभाइएको छ ।

Views: 219

प्रतिक्रिया (०)