Aamsanchar

आजकाे माैसम

Author Image
मङ्गलवार, पौष ५, २०७९

काठमाण्डाै – आज पनि पूर्वी क्षेत्रको मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रदेश १ का पहाडी क्षेत्रमा आज हल्का वर्षाको अनुमान गरिएको छ भने प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । यस्तै, अहिले तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ ।

हिमपात र हुस्सु कुहिरोका कारण  देशभर चिसो बढ्दै गएको छ । मौसम आंशिकदेखि सामान्य बदली भइरहे पनि पानी पर्न भने सकेको छैन । नेपालमा अहिले भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ। यही प्रणालीका कारण मौसम बदली भए पनि पानी पर्ने गरी असर नपरेको मौसमविद्ले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
शनिवार, वैशाख २२, २०८१
अझै ५ दिनसम्म तातो हावा चल्ने
आइतवार, वैशाख १६, २०८१
आजको मौसम
शनिवार, वैशाख १५, २०८१