Aamsanchar

स्पेनमा एक नेपालीको मृत्यु

Author Image
मङ्गलवार, पौष ५, २०७९

काठमाडौं : स्पेनमा एक नेपालीको मृत्यु भएको छ।  कास्कीको पोखरा–१३ स्थायी घर भएका ५९ वर्षीय मोतीराम गौतमको गत शुक्रबार मृत्यु भएको त्यहाँ बसोबास गर्दै तर्कबहादुर बानियाँले जानकारी दिए।

डेढ दशकदेखि स्पेनमा बस्दै आएका उनी हाल क्याटालोनियाको लिदिया प्रान्तमा बस्दै आएका थिए।  गौतम केही दिनअघि कोरोनाबाट संक्रमित भएका थिए र, उनी एक हप्ताअघि मात्रै संक्रमणमुक्त भएर फर्किएको बानियाँले बताए।

बुधबार दिउँसो गौतमको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिने एनआरएनए र बुधबार साँझ लिदियामा नै अन्तेष्टि गरिने एनआरएनए स्पेनले जनाएको छ।

दिवङ्गत गौतमका श्रीमती, एक छोरा र दुई छोरी रहेका छन्।

Views: 232

प्रतिक्रिया (०)