Aamsanchar

आजकाे माैसम

Author Image
बुधवार, पौष ६, २०७९

काठमाडौं – हाल जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ।

बुधबार बिहान लुम्बिनी, सुदूरपश्चिम प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, तराईका केही भू-भागमा भने हुस्सु र कुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो भने प्रदेश-१ मा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-गमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । बुधबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ ।

साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर