Aamsanchar

आजकाे माैसम

Author Image
शनिवार, पौष ९, २०७९

काठमाडौं : वर्षाको सम्भावना रहेकाले देशभर चिसो थप वृद्धि हुने अनुमान गरिएको छ।  मौसमविद् सजिना शाक्यका अनुसार शनिबार वर्षा र हिमपातको सम्भावना छ। प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्। यस्तै हिमाली भू–भागमा हल्का हिमपातको अनुमान गरिएको छ।

बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । जुम्ला, दोलखाको जिरी र मुस्ताङमा केही दिनदेखि नै मौसम माइनसमा पुगिसकेको छ। आज बिहान लुम्बिनी तथा सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली छ। तराईका थोरै भू–भागमा हुस्सु र  कुहिरो लागेको छ।

काठमाडौंमा आज बिहान न्यूनतम तापक्रम ६ डिग्री सेल्सिय मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर