Aamsanchar

आजकाे माैसम : हिमाली भू–भागमा हिमपातको सम्भावना, तराईमा हुस्सु

Author Image
आइतवार, पौष १०, २०७९

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहँदा देशको केही भू–भागमा हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । देशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएके छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर