Aamsanchar

 हरेक दिन  काठमाडौंमा तापक्रम घट्दै, आज विभिन्न ठाउँमा हिमपात हुने

Author Image
मङ्गलवार, पौष १२, २०७९

काठमाडौं । आज देशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

यसका साथै आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू(भागमा भने सफा हुने महाशाखाले जनाएको छ । मौसम बदली भइरहँदा काठमाडौंको तापक्रम पनि निरन्तर घटिरहेको छ । हरेक दिन केही मात्रामा काठमाडौंको तापक्रम घटिरहेको मौसम विद्हरूले बताएका छन् ।

आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४:४ मापन भएको छ । सोमबार यहाँको तापक्रम ५:५ रहेको छ । तापक्रम घटेसँग काठमाडौंमा जाडो महसुस हुन थालेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर