Aamsanchar

आजको माैसम

Author Image
बिहिवार, पौष १४, २०७९

काठमाडौं : प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।

जल तथा मौमस विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य र बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। यसका साथै प्रदेश १ को हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

विभागले तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने, दैनिक जीवन र सडक तथा हवाइ यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन सबैमा आग्रह गरेको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री र अधिकमत तापक्रम १८.५ डिग्री सेल्सियस छ। सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस २.६ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२.१ डिग्री सेल्सियस छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर