Aamsanchar

कम्बोडियाको एक होटलमा आगलागी, १० जनाको मृत्यु

Author Image
बिहिवार, पौष १४, २०७९

कम्बोडिया – कम्बोडियाको एक होटल क्यासिनो ग्राण्ड डायमण्ड सिटीमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । यो होटल-क्यासिनो कम्बोडिया र थाइल्याण्डको सीमावर्ती सहर पोइपेटमा छ।

होटलमा आगलागी बुधबार दिउँसो ४ : ३० बजे भएको हो । प्रहरीका अनुसार त्यसबेला होटलमा करिब चार सय मानिस उपस्थित थिए ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा मानिसहरू माथिल्लो तलाबाट हाम फालेको वा खसेको देखिन्छ। स्थानीय मिडियाका अनुसार होटलमा थाइल्याण्डका धेरै मानिसहरु उपस्थित थिए । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।थाई विदेश मन्त्रालयका एक अधिकारीले केही घाइतेहरूलाई थाइल्याण्डको साओ प्रान्तको अस्पतालमा लगिएको बताए। पोइपेट शहर दुई देशबीचको महत्वपूर्ण सीमा क्षेत्र हो। बीबीसी

Views: 173

प्रतिक्रिया (०)