Aamsanchar

आजकाे माैसम

Author Image
शुक्रवार, पौष १५, २०७९

काठमाण्डाै – प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा आज शुक्रवार हल्का पानी पर्ने अनुमान गरिएको छ । हिमाली जिल्लामा हल्का हिमपात र तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरोको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो ।

देशभर अधिकतम र न्यूनतम तापक्रम घटिरहेकाले चिसो बढ्दै गएको छ । चिसो हावा र बाक्लो हुस्सु कुहिरोले जाडो अझ बढाएको छ । काठमाण्डौको न्यूनतम तापक्रम केही दिनअघिको भन्दा बढेको छ । तर अधिकतम तापक्रम लगातार घटिरहेको छ । अस्ति १७ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाण्डौको अधिकतम तापक्रम हिजो १६ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ ।

जाडोयाममा आकाश खुल्यो भने राति र बिहान चिसो धेरै हुन्छ । न्यूनतम तापक्रम घट्छ । यस्तै दिउँसो पारिलो घाम लागे अधिकतम तापक्रम बढ्छ तर मौसम धुम्म भए घट्छ । हिजो आंशिक बदली भएकाले अधिकतम तापक्रम घटेको मौसमविद् विनु महर्जनले बताउनुभयो ।

आज काठमाण्डौको न्यूतनम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस छ । अस्ति बुधवार काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर