Aamsanchar

हल्दिबारीको कल्याण (साकोस) को ११ औ वार्षिक साधारणसभा ११ जना सम्मानित

Author Image
शुक्रवार, पौष १५, २०७९

कल्याणले मनायो ११ औ वार्षिक साधारणसभा

हल्दीबारी । कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार हल्दिबारी –३ ढडुवामा एक कार्यक्रमको आयोजना गरि साधारणसभा मनाइएको हो ।

सभाको प्रमुख अतिथि तथा हल्दीबारी वडा नं–३ का वडा अध्यक्ष विष्णुप्रसाद ओलीले ब्यानर वाचन र पानस मा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओलीले कल्याण बचत तथा ऋण सहकारीका कार्यसमिति सबै स्थानीय नै भएका कारण ढुक्कले बचत लगायत सहकारी अभियानमा जोडिन आव्हान गरेका छन्। त्यस्तै वडा सदस्य अजित कुमार बिष्टले सहकारीले बनाएका आगामी वर्षका निती तथा कार्यक्रम राम्रा भएकाले त्यसको कार्यान्वयन तर्फ लाग्नुपर्नेमा जोड दिए। कार्यक्रममा शिक्षा प्रेमी ओम मिश्र, शुभप्रभात साकोसका उपाध्यक्ष गोविन्द घिमिरे, महिला वडा सदस्य विष्णु माया ढुङ्गेल, जेष्ठ नागरिक खड्ग बहादुर थापा लगायतले मन्तव्य राखेका थिए।

संस्थाको अध्यक्ष नगेन्द्र आङ्गवोले संस्थाले वार्षिक रुपमा गरेका कामहरूको बारेमा जानकारी गराएका थिए । अध्यक्षले सार्वजनिक गरेको प्रतिवेदनमा संस्थाको जम्मा पुँजी ३८ लाख ६१ हजार ९५०, कुल वार्षिक कारोबार ६ करोड ३४ लाख २६ हजार  १२२, शुद्ध नाफा ४ लाख ७३ हजार ३१५ रहेको छ ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता तर्फ कुमारी मेचे,  त्यसैगरी उत्कृष्ट एवम् असल ऋणी दिनेश मेचे, र उत्कृष्ट बाल तथा खुत्रुके बचतकर्ताको रुपमा उज्जवल मेचेलाई पुरस्कृत एवम् सम्मान गरिएको थियो। संस्थाले उत्कृष्ट ७ जना ज्येष्ठ नागरिकसहित एक कर्मचारी लाई पनि सम्मान गरेको छ । ।सम्मानित हुने ज्येष्ठ नागरिकमा फुर्नी मेचे, फुलमती मेचे, युवराज गिरी, गायत्रा दाहाल ,खड्ग बहादुर थापा, समरु ठाकुर र तुलसा दाहाल र कर्मचारी सन्तोष मेचेलाई संस्थाले सम्मान गरेको हो।

२०६५ सालमा स्थापना भएको उक्त सहकारीमा हाल ९ सय १५ जना सदस्यहरू रहेका छन ।

कल्याण  बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नगेन्द्र आङ्गवोको अध्यक्षता भएको साधारणसभामा उपाध्यक्ष डिल्ली राम ढुङ्गेलले  स्वागत मन्तव्य राखेका थिए भने  सचिव बोधकृष्ण पौडेलको कार्यक्रम सञ्चालन गरेका थिए  ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 400

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज बिदेशी मुद्राको बिनिमय दर
बुधवार, वैशाख ५, २०८१
सुनको भाउ आज
सोमवार, वैशाख ३, २०८१