Aamsanchar

मुख गनाउने कारणहरु

Author Image
बुधवार, पौष २०, २०७९

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ । मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा :

धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने ।

धेरै तातो र धेरै चिसो नखाने ।

मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।

हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने ।

मुखमा खानेकुरा राखेर नसुत्ने ।

बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।

बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।

रेसा भएको र पोसिलो खानेकुरा खाने ।

पानी प्रशस्त पिउने ।

वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ ।

नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने ।

फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने ।

हरेक ५ महिनामा दाँत जँचाउने ।

डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र पाँचदेखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुखमा समस्या देखिने गरेको छ ।

मुख गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 340

प्रतिक्रिया (०)

सम्बन्धित खबर